पारिश्रमिक बढाउन बालविकास शिक्षिकाको माग

सोलुखुम्बु, पुस ९

सोलुखुम्बुका विभिन्न विद्यालयमा प्रारम्भिक बालविकास कक्षामा कार्यरत शिक्षिकाहरुले पारिश्रमिक बृद्धिको माग राखेका छन् । मंगलबार सल्लेरीमा प्रारम्भिक बालविकासको ५ दिने पुर्नताजगी तालिमको शुभारम्भमा उनीहरुले प्रदेश सांसद उत्तम कुमार बस्नेतसंग सरकारले शैक्षिक जग बसाउने शिक्षिकाको पारिश्रमिक बृद्धि गर्नुपर्ने माग राखेका हुन् ।

शैक्षिक सुधारका लागि दशक अघि देखि काम गर्दै आएको रीड नेपालले आयोजना गरेको प्रारम्भिक बालविकास सम्बन्धि तालिमका सहभागीले बाल विकास शिक्षिकालाई उचित सुविधा नदिएर मनोबल घटाउने काम गरेको भन्दै सुविधा बृद्धिका लागि माग गरेका हुन् । शहिदनरनाथ आवि नेचाकी खेम कुमारी खनालले सरकारले बालविकासका शिक्षिकाहरुको मनोबल घटाउने वातावरण तयार पारेको गुनासो गरे । सोताङ आविका मन कुमारी बस्नेत कार्कीले कम्तीमा पनि न्यूनतम पारिश्रमक पाउने वातावरण निर्माण गर्न सांसद बस्नेतको ध्यानाकर्षण गराए ।

शिक्षिकाहरुको गुनासो र मागा सुनिसकेपछि प्रदेश सांसद उत्तम कुमार बस्नेतले बाल वकास कक्षाका शिक्षिकाहरुको पिडाबारे आफू जानकार रहेको बताउदै सरकारले छिट्टै न्यूनतम पारिश्रमिक उपलब्ध गराउने बताए । सांसद बस्नेत अवधारणा अनुसार बुङमा संचालनमा आएको शिशु स्याहार केन्द्र सहत रीड नेपालले नमूना विद्यालयका लागि काम गरिरहेको जिल्लाका ११ विद्यालय र अन्य विद्यालयका गरि १५ शिक्षिका तालिममा सहभागी छन् । रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले प्रारम्भिक बालविकास कक्षामा शिक्षिकाहरुले भविष्यको जग हाल्ने भएकाले गौरबका साथ काम गर्न आग्रह गरे ।

रीड नेपालले अघिल्लो बर्ष १० दिनको तालिम लिएका शिक्षिकाहरुलाई ५ दिनको पुर्नताजगी र नयाँ थपिएका विद्यालयका शिक्षिकाहरुलाई १० दिनको आधारभूत तालिम दिईरहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!