पारस खड्कालाई टोयोटा कार दिने घोषणा

५ फागुन, काठमाडौं । यूएईमा भएको ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका कप्तान पारस खड्कालाई कार पुरस्कार दिइने भएको छ । विश्वकप छनोट खेल्नु अघि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको वैद्यज् अर्गनाइजेशनले ट्वान्टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई टोयोटा कार दिने घोषणा गरेको थियो ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा विश्वकप छनोटमा गरेको प्रदर्शनका आधारमा नेपाली टोलीका कप्तान खड्कालाई कार दिने निर्णय जानकारी दिइएको हो । म्यान अफ दि सिरिज छनोटको मापदण्डकै आधारमा पुरस्कार पाउने खेलाडी छनोट गरिएको छनोट समितिका सदस्य रन्जित आचार्यले जानकारी दिए । उनका अनुसार पाँच खेलाडी प्रतिस्पर्धामा थिए । विश्वकप छनोटमा पारसले कुल ८ खेलमा २ सय २ रन बनाएका थिए भने ७ विकेट समेत लिएका थिए । उनले सेमिफाइनलमा अफगानिस्तानविरुद्ध र तेस्रो स्थानका लागि भएको यूएईविरुद्ध बाहेक प्रतेक खेलमा विकेट लिएका थिए ।

विश्वकपमा स्थान बनाएको नेपाल सेमिफाइनलमा अफगानिस्तासँग पराजित भएको थियो भने यूएईलाई हराउँदै तेस्रो भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु