पानीको मूल नफुट्दा रोपाँईमा समस्या

दिपेन्द्र, पराजुली,
सोलुखुम्बु, जेठ २१
सोलुखुम्बुको नेचासल्यान क्षेत्रमा मूल नफुट्दा रोपाँईको काम प्रभावित भएको छ । असार नलाग्दै नेचासल्यानका ४० प्रतिशत खेतहरुमा रोपाई सकिने भएपनि अधिकांश स्थानमा मूल नफुट्दा धान रोप्न समस्या भएको कृषकहरुले बताएका छन् । पानीको मुहान खडेरीका कारण सुक्दै गएकाले रोपाँई हुन नसकेको नेचाका कृषक मेघनाथ कट्टेलले बताउनुभयो ।

नेचासल्यान गाँउपालिकाको रुगाँ, फेदी, टारी, द्याम्दे, जुकेपानी, नेचाको बेसीगाँउमा अघिल्ला बर्षहरुमा रोपाई सकिदै आएको थियो । नेचासल्यानका बेसीका र पाखा खेतमा जेठको १५ गतेबाट नै रोपाई सुरु हुने भएपनि पानिको मुल नफुटेकाले रोपाई गर्न नसकेको कट्टेलले बताउनुभयो । जेठको दोस्रो हप्तामा रोपाई गर्नका लागि राखिएको धानको विऊ सुक्न थालेको अर्का कृषक बिरबहादुर खड्काले बताउनुभयो ।

बिहीबारे बजार क्षेत्रका खेतबारी बाझै रहेका छन् । सो क्षेत्रका खेतमा आंसिक मकैबाली लगाईएको छ । समयमै रोपाई नहुनाले धान उत्पादन घट्ने कृषकले बताएका छन् । मूल फुट्ने गरि पानी नपर्दा कृषकहरु मारमा परेका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु