पाथिभरा म्याराथनको उपाधि सोलुका सुमनलाई

सोलुखुम्बु, फागुन १३


पाथिभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन्।

निर्धारित ५४ किलोमिटरको दूरी कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पार गरेका हुन्।

पाँचथरका प्रताप थाम्सुहाङ दोस्रो भएका छन्।

उनले निर्धारित दूरी ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा पुरा गरे।

यस्तै रुकुमका दिर्घराज बुढा तेस्रो भए।

बिहान ७ः५० बजेबाट सुरु भएको म्याराथनमा पुरुषतर्फ एक सय धावकले सहभागिता जनाएका थिए।

म्याराथनका विजेताले नगद १ लाख ५१ हजार १११, द्धितीयले नगद १ लाख ११ हजार १११ र तृतिय हुनेले ५१ हजार १११ रुपैँया प्राप्त गरे।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!