पहिलो सगरमाथा हिलारीले शुरु गरेका कामको अनुगमन

सोलुखुम्बु, जेठ १४

पहिलो सगरमाथा आरोही सर एडमण्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रष्ट मार्फत हिमाली जिल्ला सोलुखुम्बुमा गरिएका कामहरुको न्युजिल्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले अनुगमन गरेकी छिन् । ट्रष्ट मार्फत निर्माण भएका अस्पताल, विद्यालय र अन्यआयोजनाको अनुगमनगर्दै हिलारीको निधन पछि पनि सहयोग जारी रहने उनको भनाई छ ।

जिल्लामा दर्जन भन्दा बढी स्वास्थ्य संस्था, एउटा क्याम्पस सहित तीन दर्जन भन्दा बढी विद्यालय र अन्य विकासे आयोजनाहरु निर्माण गरेको ट्रष्टका गतिविधिहरु पुर्वप्रधानमन्त्रि क्लार्कले अनुगमन गरेकी हुन् । त्यहाँका पुर्व मन्त्रिसमेत सम्लग्न प्रतिनिधि मण्डलको नेतृत्व गदै जिल्लामा आईपुगेकी पुर्व प्रधानमन्त्री क्लार्कले सगरमाथाको जिल्ला सोलुखुम्बुको विकासमा न्युजिल्याण्डको सहयोग जारी रहने बताईन् ।
हिलारीको पहलमा लुक्ला विमानस्थल, खुन्दे अस्पताल, फाप्लु अस्पताल, सोलुखुम्बु बहुमुखि क्याम्पस निर्माण भएका छन् ।

हेलेनले सोलुखुम्बुको १२ दिनको बसाईमा अधिकांश समय खुम्बु क्षेत्रमा हिलारीले शुरु गरेको र हिमालयन ट्रष्टले जारी राखेको विकास निर्माणका कामको अनुगमन तथा अवलोकन गरेकी थिईन् । हेलेनले मंगलबार सोलुदुधकुण्ड नगरपालिका २ बेनीमा निर्माण गरिएको भवनको अवलोकन गर्नुका साथै हिमालयन ट्रष्टले स्थापना गरेको सुविधासम्पन्न कम्प्यूटर ल्याव उद्घाटन गरेको हिमालयन ट्रष्टका जिल्ला संयोजक नव भूजेलले जानकारी दिए ।हेलेनले सर एडमण्ड हिलारीले स्थापना गरेको जिल्ला अस्पताल फाप्लुको अवलोकन समेत गरेकी छिन् ।

उनले प्रमुख डा. मिङमा छिरिी शेर्पासंग अस्पतालले प्रदान गरिरहेको सेवाप्रवाहको बारेमा चासो राखेकी थिईन् भने अस्पतालमा उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिईन् । त्यसलगत्तै सोलुदुधकुण्ड नगरपालिकाले पुर्वप्रधानमन्त्री हेलेनलाई स्वागत गरेको छ । फाप्लुको एक होटलमा भएको कार्यक्रममा मेयर नाम्गेल जाङबु शेर्पाले स्वागत गर्दै शेर्पा समुदायले वैवाहिक संस्कारमा प्रयोग गर्ने ठेकी (पोङ) मायाको चिनो प्रदान गरेका छन् ।

मेयर शेर्पाले जिल्लाको विकासको लागि हिलारीले पु¥याएको योगदानको खुलेर प्रसंशा गरे ।मे १६ मा खुम्बु क्षेत्र आएकी उनी मंगलबार सोलुदुधकुण्ड नगरपालिकाको तिन वटा कार्यक्रममा सहभागी बनेर फर्किएका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु