पहिलो चौमासिकको ‘सार्वजनिक सुनुवाई’ गर्दै थुलुङ दुधकोशी

शिखर गजरकोटे,
सोलुखुम्बु, मंसिर १०

सोलुखुम्बुको थुलुङको दुधकोशी गाउँपालिकाले पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्ने भएको छ ।

सुशासन र पारदर्शितालाई ध्यानमा राख्दै गाउँपालिकाको प्रगती र अवस्थाबारे आमनागरिकलाई सुचना दिनका लागि आगामी मंसिर १९ गते बुधबार विहान ११ बजे मुक्लिमा सार्वजनिक सुनुवाई गर्ने गरि मिति तोकिएको अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षमा विनियोजित रकम र योजनाको कार्यान्वयनको अवस्था र प्रगति लगायतका सुचना आम नागरिकको उपस्थितीमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिनुभयो । सुनुवाईमा नागरिकले प्रश्न तथा गुनासा राख्न पाउनेछन् भने सम्बन्धित निकायले नागरिकको प्रश्नमा जवाफ दिनेछन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!