पहिरोका कारण सोलु काँकुका १४ परिवार विस्थापित

सोनी राई,
सोलुखुम्बु, असार २७


सोलुखुम्बुको माप्य दुधकोसी गाँउपालिका ५ काँकुस्थित घ्रेनाफुका १४ परिवार पहिरोका कारण विस्थापित बनेका छन् ।

निरन्तरको वर्षाका कारण गाँउ भन्दामाथी खनिएको सडकको माटो बग्न थालेपछि घ्रेना फुका १४ परिवार विस्थापित बनेका छन् ।

उनीहरुले ठूलो पहिरोको जोखिमकै कारण खाद्यान्न, लत्ताकपडा लगायतका सामान अन्यत्र सारेका छन् ।

अहिले गाँउ नजिकै सुरक्षित स्थानमा रहेको देविस्थान आविको भवनमा रात विताउने गरेको एक स्थानीयमधु राईले बताईन् ।

गाँउनै पहिरोको जोखिममा परेपछि गाँउपालिकाको डोजरले सो क्षेत्रको सडक सफागर्ने काम गरेको स्थानीयले बताएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!