पर्यटन मजदुरलाई राहत (भिडियो)

सोलुखुम्बु, भदौ १४


सोलुखुम्बुका २० पर्यटन मजदुरलाई राहतवितरण गरिएको छ । शेर्पा बालबालिकासंस्थाको होमस्टे कार्यक्रमअन्तरगत कोरोनाकहरका कारण प्रभावित २० जनापर्यटन मजदुरलाई राहत स्वरुप एक–एक बोरोनाचामल र २–२ लिटर तेल वितरण गरिएको छ । एक रिर्पोट

अघिल्ला बर्षमा यो समयमापर्यटन मजदुरहरु आ–आफ्नो काममा व्यस्त हुन्थे । आफ्नो क्षमता अनुसार कमाउथे । कमाएको पैसाले घरखर्च चलाउननिकै सहजहुन्थ्यो । तर यो पटक कोरोना कहरका कारण पर्यटन क्षेत्र पनि प्रभावित बनेका छन् । त्यसले गर्दा पर्यटन मजदुरलाई पनि प्रभाव पारेको छ । उनीहरु गाउँघरमै समय विताइरहेका छन् । विना आम्दानी रहेकालाई घर चलाउनै धौधौ भएको छ । त्यस्ता पर्यटन मजदुरलाई शेर्पा बालबालिकाको होमस्टे कार्यक्रम अन्तरगत पहिलो चरणको राहत वितरण गरिएको छ । जस्ले पर्यटन मजदुरलाई हर्षित तुल्याएको छ ।


शेर्पा बालबालिका संस्थाका अध्यक्ष निमा शेर्पाले कोरोना कहरका कारण पर्यटन व्यवसाय ठप्प रहेको बेलामा जीवन यापनका लागि सहज बनाउन राहत सामाग्री वितरण शुरु गरेको बताए । पहिलो चरणको राहतमा २० पर्यटन मजदुरलाई समाबेश गरिएको भएपनि राहत कार्यक्रमलाई जारी राख्ने अध्यक्ष शेर्पाको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!