पर्यटकका लागी लूक्लामा सुचना केन्द्र

राधा ढुंगाना सोलुखुम्बु, ३ भाद्र, सोलुखुम्बुको लुक्लामा पर्यटकीय सुचना केन्द्र स्थापना गरीने भएको छ ।

पर्यटन विभागले सुचना केन्द्र स्थापनाका लागी चाुलु आर्थिक वर्षमा रकम छुट्याएको छ । सुचना केन्द्र स्थापना गर्न भवन निर्माणका लागी ४ करोड ८० लाख रुपैया रकम छुट्याईएको भएपनि ठेक्केदारसँग ३ करोड ५८ लाख रुपैया रकममा ठेक्का सम्झौता गरीएको विभागका सिनियर डिभिजनल ईन्जीनियर कोषनाथ अधिकारीले जानकारी दिए ।

सगरमाथा राष्ट्रिय निकुन्जले ३ रोपनी जग्गामा भवन बनाउन स्विकृती दिएपछि खुम्बु पासाङल्हमु गाउँपालीका अन्तर्गत लुक्लामा सुचना केन्द्रको भवन निर्माण गरीने भएको हो । खुम्बु क्षेत्रमा आउने पर्यटकहरुको प्रवेश द्धारको रुपमा लिईने लुक्लामा स्थापना गरीने केन्द्रको भवन आरसिसि फ्रेम स्ट्रक्चरको ११ कोठाको बनाईन लागेको हो । गत आर्थिक वर्षको असार २७ गते हिमदुङ एन्ड छोकर र बुढासिद्ध जेभिसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । निर्माणको काम मौसममा सुाधार आएपछि थालीने पर्यटन विभागले जनाएको छ ।

विभागका सिनियर डिभिजनल ईन्जीनियर अधिकारीले उक्त सुचना केन्द्रे पर्यटकहरुलाई हिमाल आरोहण तथा अवलोकन गर्न सहज हुने बताए । उनी भन्छन, ‘सुचना केन्द्र स्थापनाले खुम्बु क्षेत्रमा जाने पर्यटकहरुका लागी सुचना प्राप्त गर्ने सहज माध्यम बन्ने पर्यटकन विभागको अपेक्षा छ ।’

पर्यटन विभागका निर्देशक तथा प्रवक्ता दुर्गादत्त ढकालले भने, सुचना केन्द्रले पर्यटकीय क्षेत्रमा आएका सुचना राख्ने र सहायता कक्षा स्थापना गरी पर्यटकहरुलाई त्यस क्षेत्रको बारेमा सुचना दिनेछ ।’

सुचना केन्द्र स्थापनापछि त्यस क्षेत्रका होटल एसोसिएसनसँगको सहकार्यमा कर्मचारीको व्यवस्था गरीने जनाईएको छ । सुचना केन्द्रमा विभागबाट पर्यटक प्रहरी रहनेछन् । पर्यटकहरुलाई समस्या परेमा पर्यटन प्रहरीले सहयोग गर्नेछन् । सुचना केन्द्र स्थापना भए पर्यटकहरुलाई स्थानीय ठाउँको बारेमा जानकारी लिन तथा कुनै स्थानमा जानु परेमा बाटोको बारेमा जानकारी लिन सहज हुने पर्यटन व्यवसायि तथा पिक प्रमोसन प्रालिका प्रबन्ध निर्देशक आङफुला शेर्पाले बताए ।

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा पर्यटन सूचना केन्द्र स्थापना नहुँदा यहाँ घुम्न आउने पर्यटक अन्योलमा पर्ने गरेका छन् । केन्द्र स्थापना नहुँदा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँका हिमाल, प्राकृतिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका बारेमा जानकारी पाउन सकेका छैनन् ।

पर्यटकीय क्षेत्रका बारेमा वास्तविक जानकारी नहुँदा खुम्बु भ्रमणमा आउने पर्यटक अन्योलमा पर्ने गरेका छन् । सुचना केन्द्रको स्थापना भएपछि सगरमाथा, आमाडब्लम सहित अन्य दर्जनौ हिमश्रृङखला अबलोकनका लागी आउने पर्यटकहरुले सहजै सुचना पाउँने पर्यटन व्यवसायिहरुको विश्वास छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!