‘परदेशी छोरी’को पिडा अब गीतमा (भिडियो सहित)

सोलुखुम्बु । केहि बर्ष अघि सम्म वैदेशीक रोजगारीमा जाने पुरुषको संख्या बाक्लो थियो । परिवर्तित समयसंगै रोजगारीकै शिलशिलामा नेपाली छोरीहरु पनि विदेशिने क्रम बाक्लिएको छ ।

परदेशीको कथामा परदेशी पुरुष र घरदेशी महिलाका व्यथा माथी थुप्रै गीतहरु बने तर परदेशी छोरीहरुका बारेमा गीत बनेका थिएनन् । यद्यपी, सर्जक सिपी मगरले ‘परदेशी छोरी’को मार्मिक कथालाई लोक गीतमा उनेका छन् । उनले दक्षिण कोरियामा रोजगारीको शिलशिलामा पुगेका नेपाली छोरीहरुको कथालाई गीतमा समेट्न खोजेको बताएका छन् । सर्जक स्वयम् पनि दक्षिण कोरियामा छन् ।

आशिष म्यूजिक प्रा.लि. मार्फत डिजिटल बजारमा आएको गीतमा शान्ति गुरुङको स्वर सजित छ । गीतमा सागर विरहीले संगीत संयोजन गरेका छन् ।

गम्भिर राना मगरले निर्देशन गरेको भिडियोमा मिना गुरुङले अभिनय गरेका छन् । गीतमा आमा सम्झेर परदेशी छोरीको विलौना प्रस्तुत गरिएको छ ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु