पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

vollyball-final-finalचितवन, फागुन २५ – चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सोमबार बीएमडब्लु भारत र नेपाल पुलिस क्लबले लगातार दुई खेलमा जित हासिल गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

बीएमडब्लु भारतले गत वर्षको विजेता सशस्त्र प्रहरीलाई पराजित गर्न सफल भयो ।

यसअघि, भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै बीएमडब्लु भारतले विजयी सुरुआत गरेको थियो ।

भारतसँग ३–१ सेटले पराजित हुँदै आर्मी समूह चरणबाटै बाहिरिएको थियो । सशस्त्रविरुद्धको खेलमा बीएमडब्लु भारतले ‘बेस्ट अफ फाइभ’मध्ये तीनओटा सेट लगातार जितेको थियो ।

यस्तै, दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले प्रतिस्पर्धी भुटानलाई सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै, अर्को खेलमा साम्ची स्पोर्टस क्लब भुटानलाई डब्लुडीबी बंगलादेशले पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत् मंगलबार सशस्त्र र नेपाल पुलिसबीच पहिलो सेमिफाइनल तथा बीएमडब्लु र बंगलादेशबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु