‘नौलाई शुन्य नब्बे’को चर्चा चुलिदै (भिडियो सहित)

सोलुखुम्बु । पुर्वेली गीत र कलाकार स्टेजमा चल्न सकेनन् भन्ने आरोप लागिरहेको बेला स्टेज लक्षित पुर्वेली गीत ‘नौलाई शुन्य नब्बे’को चर्चा चुलिदै छ ।

परदेशमा रहेर गीत सृजनामा सक्रिय डिआर अटुको सृजनामा मेनुका राई र रुप कुमार राईको स्वरमा रहेको गीतले पुर्वेली स्रोताको मन जित्दै छ । सञ्चार माध्यममा स्रोताको रोजाईको गीत बन्न थालेको छ ।

काजिश श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा श्रेष्ठ र ज्योति मगरले अभिनय गरेका छन् । विन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले डिजिटल बजारमा पठाएको गीतले गायक गायिकाको चर्चालाई अझ चुलाएको छ ।

मेनुका राई तामाङ खोटाङमा जन्मिएकी हुन् । पानि मिठो यारीखोलाको गीतवाट चर्चा कमाएकी मेनुकालाई ‘नौलाई शुन्य नब्बे’ले थप चर्चालाई मलजल गर्न सहयोग पु¥याएको छ । मेनुकालाई मात्र होईन गीतले रुप कुमार राईको चर्चालाई पनि ह्वात्तै बढाएको छ ।

पुर्वेली गीत नचलेको आरोप खेपिरहेका बेला भाकामा केहि परिस्कृत गरि गीत बजारमा पठाएको सर्जक अटुले बताए ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु