नेविसंघ सोलु–काठमाडौ सम्पर्क समिती अध्यक्षमा बास्तोला

राधा ढुंगाना सोलुखुम्बु, १६ फाल्गुन । नेविसंघ सोलु–काठमाडौ सम्पर्क समितीको तदर्थ समिती गठन गरीएको छ ।

शनिबार काठमाडौको सिफलमा भएको विद्यार्थी भेलाले द्रोण बास्तोलाको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिती गठन गरीएको हो । समितीको उपाध्यक्षमा कपिल कुलुङ, प्रकाश निरौला, मन्दीरा बस्नेत, मोहन खड्का, सचिवमा योगेशबाबु फुयाल, सह सचिवमा नवराज बस्नेत, कोषाध्यक्षमा श्रद्धा राई, सह कोषाध्यक्षमा विजय राई चयन हुनुभएको छ ।

नेविसंघ कार्याबाहक अध्यक्ष दिनानाथ बास्तोला र पुर्व अध्यक्ष सुर्य कुलुङ लगाएतको उपस्थितीमा समिती गठन गरीएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु