नेपाल शिक्षक संघ सोलुको ८ बुँदे ज्ञापन पत्र

सोलुखुम्बु, साउन २१


नेपाल शिक्षक संघ सोलुखुम्बुले विभिन्न ८ बुँदे शैक्षिक सवालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । कोरोना कहरकै बीचमा जिल्लाका विभिन्न स्थानीय तहले जिल्ला बाहिर रहेका शिक्षकलाई मिति नै तोकेर बोलाएको र केही स्थानीय तहले पठनपाठनको तयारी गरिरहेको बेलामा बुधबार संघले प्रमुख जिल्ला अधिकारी रमा आचार्यमार्फत नेपाल सरकार तथा शिक्षा मन्त्रालयलाई ८ बुँदे ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापन पत्रमा शैक्षिक क्रियाकलाप संचालनका लागि विद्यालयमा स्थापना गरिएको क्वारिन्टीनको व्यवस्थापन गर्न, कोरोनाको कारण देखाउदै निजी स्रोतका शिक्षकहरु पदमुक्त हुनुपरेकाले रोजगारी गुम्न नदिनका लागि आवश्यक पहल गर्न, शिक्षक सिकाइ सहजीकरणका लागि शिक्षक, विद्यार्थी र कर्मचारीको पिसिआर परिक्षण गर्ने व्यवस्थाका लागि माग गरिएको छ ।


त्यस्तै, जिल्ला बाहिर रहेका शिक्षकलाई सम्बन्धि कार्यक्षेत्र जानकाका लागि यातायातको व्यवस्था मिलाउन, भाद्र १ गतेबाट विद्यार्थी भर्ना र त्यसपछि विद्यालय संचालनका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी सहित हेल्थ डेक्सको स्थापना गर्न, स्थानीय तहमा वैकल्पिक शिक्षाका लागि प्राप्त हुने रकम प्रत्यक्ष विद्यार्थीको हितमा खर्च गर्न, शैक्षिक निति निर्माण र कार्यक्रम तर्जुमा गर्दा शिक्षकहरुको प्रतिनिधित्व अनिवार्य गर्न र विद्यालय संचालनको मितिमा विविधता देखिएकाले एकरुपता कायम गर्न र कोरोनाबाट बच्नका लागि प्रयोग गरिने मास्क, सेनिटाइजर, सावुन, सिकाइ सामाग्री खरिदका लागि अनुदान उपलब्ध गराइदिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह सहितको ज्ञापन पत्र बुझाईएको नेपाल शिक्षक संघ सोलुखुम्बुका सदस्य मदन कुमार राईले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!