नेपाल टेलिकम सल्लेरी शाखा अन्र्तगत वितरीत सेवाहरु गुणस्तरहीन

शशिशेखर घिमिरे,
२५,सोलुखुम्वु ।

नेपाल टेलिकम सल्लेरी शाखा अन्र्तगत वितरीत सेवाहरु गुणस्तरहीन भएको सर्वसाधारणको आरोप छ । टेलिकम अन्र्तगत रहेका ल्याण्डलाईन,मोवाईल र ईन्टरनेट सेवामा पटक पटक आउने गरेको खरावीका कारण सेवाग्राहीहरुले ठूलै सास्ती भोग्दै आएका छन् । ईन्टरनेट अवरुद्ध हुने समस्याका कारण दैनिक जस्तो सदरमुकामका अवस्थीत कार्यालयको कामकाजमा ढिलासुस्ती हुदाँ सेवाग्राहीहरु मारमा पर्ने गरेका छन् ।

एकदिनमा काम सक्ने उद्देश्यले जिल्लाका विकट स्थानवाट आएका सर्वसाधारणहरु भनेको वेलामा सेवा लिन नपाँउदा ज्यादा समस्या भएको वताउछन् । विशेषगरि ईन्टरनेटको समस्याका कारण सञ्चारमाध्यमहरुलाई सूचना सम्प्रेषण र प्रवाहमा समस्या हुने गरेको देखिएको छ । यता टेलिकम शाखा प्रमुख श्याम कुमार कठायतले भने विराटनगरस्थीत स्टेसनमा नयाँ रेडियो लिंक जोडिएको र नयाँ र पुरानो लिंकवीचको कनेक्टीभिटी हुन समय लाग्दा सोलुखुम्वु लगायत पूर्वी पहाडी जिल्लामा टेलिकमको सेवामा समस्या आएको वताउनुभयो ।

प्रमुखकठायतले अवको केहि दिनमा समस्या कम हुदै जाने समेत वताउनुभयो । टेलिकम प्रावीधिक हेमप्रसाद ढुंगाना भने भौगोलीक अवस्थाका कारण हुने मौसमी खरावी र दूरीका कारण सेवामा समस्या आउने गरेको वताउनुहुन्छ । उहाँले नयाँ रेडियो जडानसंगै समस्या कम हुँदै जाने समेत वताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु