नेपाल क्रिकेट संघको आधिकारिकतासम्बन्धी विवाद सहमति नजिक

काठमाडौं, साउन ८ ।

नेपाल क्रिकेट संघ (क्यान)को आधिकारिकतासम्बन्धि विवाद सहमति नजिक पुगेको छ ।

विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गठन गरेको सल्लाहकार समितिले तयार पारेको विधानमा सहमति जुटाउन आईसीसीको टोली अहिले काठमाडौंमा छ ।

विनयराज पाण्डेको संयोजकत्वमा गठित समितिले चतुरबहादुर चन्द समूहले राखेको फरक मतसहितको विधान मस्यौदा आईसीसीमा पठाएको थियो । सोही विधानमा सहमति जुटाउन आईसीसीका उपाध्यक्ष ईमरान ख्वाजा, एसीसीका फाईनान्स मेनेजर अमर शेख लगायतको टोली नेपाल आएर सरोकारवालासँग छलफल गरेको हो ।

आइसिसी प्रतिनिधिमण्डल र सल्लाहकार समितिको शनिबार झन्डै तीन घन्टा काठमाडौमा भएको बैठकमा सहमति जुटेको श्रोतले बताएको छ । बैठकमा सल्लाहकार समितिका ८ मध्ये ६ जनाको उपस्थिति थियो । समितिका संयोजक विनयराज पाण्डे, राखेपका प्रेस सल्लाकार दाहाल, निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, राखेपबाट तदर्थ क्यानको महासचिव पवन अग्रवाल र युवा तथा खेलकुद मन्त्रालयले तत्कालिन समयमा तोकेका सहसचिव चुडामणी पौडेल बैठकमा उपस्थित थिए ।

समितिका सदस्य बसन्त चौधरी अस्वस्थताका कारण बैठकमा उपस्थित भएनन् भने अर्का सदस्य दीपक कोइराला लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका छन् ।

क्यानको साधारणसभामा भाग लिने प्रतिनिधि संख्याका विषयमा समितिमा मुख्य विवाद थियो । निर्वाचित क्यानका प्रतिनिधिले राखेको प्रस्ताव बमोजिम नै संख्यामा सहमति भएपछि अब क्यानको साधारणसभामा ६० जनाको सहभागिता रहने श्रोतले बताएको छ । क्यानमाआवद्ध हरेक जिल्लाबाट अब एकजना प्रनिनिधिले भाग लिने पाउने गरि सहमति बनेको छ ।

त्यस्तै प्रदेशबाट २ जिल्ला बराबर १ प्रतिनिधि तथा विभिन्न तीन उपसमितिका १÷१ एक जना गरी साधारण सभामा ६० जनाको उपस्थिति रहने व्यवस्था गर्न लागिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु