नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली बंगलादेश भ्रमणमा जाने


हिमाल एफ.एम
काठमाण्डौं, ९ कार्तिक ।

मलेसियामा हुने एसीसी यू-१९ एसिया कपको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली बंगलादेश भ्रमणमा जाने भएको छ। युवा टोलीका प्रशिक्षक विनोद दासले नेपाली यू-१९ टोली आगामी शनिबार बंगलादेश जाने पहिलोपोस्टलाई बताए। दासले बंगलादेशको यू-१९ टोलीसँग ३ वान डे म्याच खेल्ने AftfP . बंगलादेश क्रिकेट बोर्डले पनि आफ्नो वेवसाइटमा नेपाली यू-१९ टोलीले अक्टोबर ३० देखि नोभेम्वर ६ सम्म बंगलादेश टुर गर्ने उल्लेख गरेको छ। बंगलादेश टूरमा १५ खेलाडी जाने विनोद दासले बताए।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टोलीले गत महिना मलेसियामा एसीसी वेस्ट रिजन च्याम्पियन बन्दै यू-१९ एसिया कपमा स्थान बनाएको हो। कात्तिक २३ गते (नोभेम्वर ९) देखि मलेसियामा हुने यू–१९ एसिया कपमा नेपालसहित कूल ८ टिमको सहभागिता हुनेछ। यस्तै एसिया कपमा नेपालसहित आयोजकका रुपमा मलेसिया तथा एसियाका टेष्ट खेने पाँच राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तानले खेल्नेछन्। यसबाहेक एसीसी वेस्ट रिजनको विजेताले पनि यू-१९ एसिया कप खेल्न पाउनेछ।

Comments

comments

सम्बन्धित शीर्षकहरु