नेपाली क्रिकेट टोली विश्वकप छनोट तयारीका लागि श्रीलंका जाँदै

पौष २ । ट्वान्टी–२० विश्वकपमा छानिएको नेपाली क्रिकेट टोली एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि आज श्रीलंका जाँदैछ । श्रीलंकामा दुई हप्तासम्म प्रशिक्षण लिएपछि नेपाली टोली न्यूजिल्याण्ड जानेछ ।
न्यूजिल्याण्डमा पौष २९ गतेदेखि सुरु हुने विश्वकप छनोटको खेल खेल्नु पूर्व नेपालले नामिबिया र केन्यासँग दुईवटा अभ्यास खेल खेल्नेछ । विश्वकप छनोटको नेपालको समूहमा युएइ, स्कटल्याण्ड, हङकङ र क्यानडा रहेका छन् । यसअघि, हिजो विश्वकप टी–२० क्रिकेटमा छनोट भएकामा नेपाली क्रिकेट खेलाडीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गर्‍यो । युएइमा गत महिनासम्पन्न विश्वकप ट्वान्टी–२० छनोट क्रिकेटमा तेस्रो स्थान हासिल गर्दै आगामी चैत्रमा बंगलादेशमा हुने विश्वकपमा छानिएको नेपाली टिमलाई सरकारले सम्मान गरेको हो ।

सिंहदरबारमा भएको विशेष कार्यक्रममा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले खेलाडीहरुलाई जनही दश लाख रुपैयाँसहित सम्मान गरे । सरकारले १५ खेलाडीलाई जनही १० लाख दिंदा प्रशिक्षक पुबुदु दासानायकेलाई ५ लाख तथा टीम फिजियो, सहायक प्रशिक्षक र टेक्निकल एनालिष्टलाई समान तीन लाख ५० हजार नगद पुरस्कार प्रदान गर्‍यो । यसैबीच, नेपाललाई विश्वकपमा पुर्‍याउने खेलाडीहरुलाई काठमाडौंमा सोमबार दुईवटा बैंकले पनि सम्मान गरे । सिद्धार्थ बैंक र सेन्चुरी कमर्सियल बैंकले खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु