संबिधानसभामा महिलाको ५० प्रतिशत भन्दा बढी सहभागीता चाहिने

काठमाडौं, पौष २ । राष्ट्रिय आदिवासी जनजाति महिला महासङघले संविधानसभामा समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी सहभागी गराउन माग गरेको छ । संविधानसभाको प्रत्यÔ निर्वाचन प्रणालीतर्फ महिला १० जना अर्थात ४.२ प्रतिशतमात्र निर्वाचन भएको उल्लेख गर्दै महासंघले समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गराई ३३ प्रतिशत पु¥याउन माग गरेको हो ।
महासङघद्वारा सोमबार गरेको पत्रकार सम्मेलनमा महासङघका अध्यक्ष शान्ति जिरेलले राज्यले ३३ प्रतिशत महिला सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै पहिलो संविधानसभामा बाहेक अन्य क्षेत्रमा विभेद गरिरहेको प्रति खेद प्रकट गर्नुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!