नेपालको उपराष्ट्रपतिमा नन्दकिशोर पुन निर्वाचित

सोलुखुम्बु, कात्तिक १४ गते । मुलुकको दोस्रो उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धन तर्फका उम्मेदवार एवं सशस्त्र द्धन्द्धकालमा एमाओवादीका पूर्वलडाकू कमान्डर नन्दकिशोर पुन विजयी भएका छन् ।

व्यवस्थापिका संसदमा शनिबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा पुनले नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवलाई पराजित गरेका हुन् । पुनले ३२५ मत प्राप्त गरेका छन् भने यावदको पक्षमा २१२ मत खसेको छ । कुल ५४७ मत खसेकोमा १० मत बदर भएको जनाइएको छ ।

शनिबार साँझ बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले पुन विजयी भएको औपचारिक घोषणासमेत गरेकी छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु