नेत्रहिन पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु

काठमाडौं, जेठ १६ – नवौं क्षेत्रीय नेत्रहिन पुरुष क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

नेत्रहिन क्रिकेट संघ नेपालको आयोजना तथा कादुरी फाउन्डेशनको आर्थिक सहयोगमा सुरु प्रतियोगिता १८ गते बिहीबारसम्म चल्नेछ ।

पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा सुरु प्रतियोगितामा टिम बाग्मती, टिम मोरङ र टिम बाँकेको सहभागिता छ ।

????????????????
प्रतियोगितामा सहभागी सबै टिमलाई प्रोत्साहन स्वरुप १०/१० हजार रुपैयाँ मेडल र ट्रफी प्रदान गरिनेछ ।

यस्तै म्यान अफ द म्याचलाई १५ सय रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

आर्थिक अभाव भएकाले जम्मा तिन क्षेत्रलाई मात्रै समावेश गरिएको र नयाँ खेलाडीलाई स्थान दिइएको नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।

२०७३ चैत्रमा नेत्रहीन क्रिकेटको प्रशिक्षण दिइएको र नयाँ खेलाडीहरु उत्पादन गरेर यो प्रतियोगिता गरिएको नेत्रहिन क्रिकेट संघ नेपालका संयोजक निरोज गिरीले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु