नेता कार्की कांग्रेसको उद्योग व्यापार विभाग सदस्यमा मनोनित

सोलुखुम्बु, साउन २६


नेपाली कांग्रेस सोलुखुम्बुका नेता तथा उद्योगी एवम् समाजसेवी प्रकाश सिंह कार्की नेपाली कांग्रेसको उद्योग व्यापार विभाग सदस्यमा मनोनित भएका छन् । चिनकाजी श्रेष्ठ प्रमुख रहेको विभागमा सोलुखुम्बुबाट नेता तथा समाजसेवी कार्की मनोनित भएका हुन् ।


पार्टी सभापति शेर बहादुर देउवाले विधान २०१७ (संशोधित) को धारा २५ (९) बमोजिम सदस्यमा मनोनित गरेका हुन् । २९ जना सदस्य रहने विभागमा पर्साका अनिल कुमार रुग्गटा उपप्रमुख र चितवनका दीर्घराज श्रेष्ठ सचिब रहेका छन् ।


त्यस्तै, नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता तथा प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा कांग्रेसको वन, वातावरण तथा विपद व्यवस्थापन विभाग र कांग्रेस सोलुखुम्बुका नेता गणेश बस्नेत स्थानीय तह समन्वय विभागमा मनोनित भएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!