सोलुखुम्बुको नेचासल्यानमा तिन हजार सावुन वितरण

सोलुखुम्बु, चैत्र १६


उद्योग बाणिज्य सघं नेचासल्यानले नेचासल्यान गाउँपालिकामा तिन हजार सावुन वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरसफाईका लागि हरेक घरमा वितरण गर्ने गरि वडा अध्यक्षलाई सावुन वितरण गरिएको हो ।

सावुन हरेक घरमा महिला स्वास्थ्य स्वयम्सेविकाले वितरण गर्नेछन् । एक लाख पचास हजार बराबरको साबुन वडा नं १ मा ६४५, वडा नं २ मा ४३५, वडा नं ३ ७९२, वडा नं ४मा ५०४ र वडा नं ५ मा ४३२ र सामाजिक संघसंस्था गरि तिन हजार पिस वितरण गरेको उद्योग बाणिज्य संघ नेचासल्यानका अध्यक्ष हेमराज भट्टराईलाई उदृत गर्दै सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!