नेचासल्यान : सुरक्षित घरमै नबसे वडाले क्वारेन्टीनमा राख्ने

सोलुखुम्बु, वैशाख १७
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा वडा स्तरिय विपद व्यवस्थापन समितिको वैठक बसि काठमाण्डौबाट गाउँपालिकाले उद्धार गरेर गाउँ ल्याएका या आफैँ आएका नागरिकलाई १४ दिन होम क्वारेन्टीनमा बस्न आग्रह गरेको छ ।

कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्दै आफू बाँचेर अरुलाई पनि बचाउनका लागि होम क्वारेन्टीन अनिवार्य गरिएको वडाअध्यक्ष धर्मध्वज खत्रीले बताए । होम क्वारेन्टीमा बसे÷नबसेको निगरानीकालागि जनप्रतिनिधि र स्वयंसेवक परिचालन गरेको वडा कार्यालयलाई उदृत गर्दै सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

होम क्वारेन्टीनमा नबसेको पाइएमा वडा कार्यालयले स्थापना गरेको क्वारेन्टीनमा राखिने गरि निर्णय गरिएको छ । होम क्वारेन्टीनको अवधिमा खाद्यान्न संकट भए या दीर्घ रोगीलाई औषधि अभाव भएमा वडा कार्यालयले व्यवस्थापन गर्ने निर्णय समेत गरिएको वडाअध्यक्ष खत्रीले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!