नेचासल्यान गोल्डकपको उपाधि सोलुखुम्बु ११ को पोल्टामा

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, कार्तिक ७

नेचासल्यान गाउँपालिकामा जारी नेचासल्यान गोल्डकपको उपाधि सोलुखुम्बु ११ ले हात पारेको छ । नेचासल्यान खेलकुद विकास समितिको आयोजनामा भएको गोल्डकपको उपाधि भगवती युवा क्लब ओखलढुङगालाई ४–३ ले पछि पार्दै सोलुखुम्बु ११ ले उपाधि चुमेको हो ।

विजेताले १ लाख हात पारेको छ भने उपविजेता भगवती युवा क्लब ओखलढुङगाले ८० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाईनलमा पुगेका आदर्श युवा क्लब नेचासल्यान ४ र रियल डिग्नीटि क्लब ओखलढुङगाले २०÷२० हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।

आज भएको समापन कार्यक्रममा प्रदेश सांसद बु्द्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, उपाध्यक्ष कुमारी देवि शर्मा, वडा नम्बर २ का वडाध्यक्ष भेष कुमार बास्तोला, वडा नम्बर ३ का वडाध्यक्ष धर्मध्वज खत्रि, वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण कुमार राई वडा नम्बर ५का वडाध्यक्ष राजनकुमार राई लगायत स्थानियको उपस्थिती रहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु