नेचासल्यान गोल्डकपको उपाधि अनेरास्ववियूको पोल्टामा

हिमाल एफ एम,
सोलुखुम्वु, कार्तिक १६

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचामा जारी गोल्डकपको उपाधि अनेरास्ववियू सोलुले हात पारेको छ ।

आज भएको फाईनल खेलमा अनेरास्ववियूले रियल डिनिग्टी यूवा क्लबलाई ३–० ले पछि पार्दै उपाधिमाथि कव्जा जमाएको हो । उपाधि विजेता अनेरास्ववियूले प्रथम पुरस्कारवापत १ लाखको साथमा ट्रफि, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता रियल डिनिग्टी यूवा क्लबले ७० हजारमा चित्त बुझाएको छ ।

त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा हिलेपानी ज्वालमुखि यूवा क्लबले बाजी मारेको छ । हिलेपानिले तेस्रो स्थान ओगट्दै ४० हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरको छ । प्रतियोगितमा सान्त्वना स्थान गार्मा ब्र्रदर्शले हात पारेको छ । सान्च्वनामा चित्त बुुझाएको गार्माले २० हजार नगदको साथमा प्रमाण पत्र प्राप्त गरको छ ।

पुरस्कार जिल्ला समन्वय समिति सोलुखुम्वुका संयोजक वीर कुमार राईले वितरण गर्नुभएको हो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगिताको समापन गोल्डकप संयोजक तथा नेचासल्यान गाउपालिका ५ का वडाअध्यक्ष राजन कुमार राईको अध्यक्षतामा सम्पन्न भएको संबाददाता धन कुमार ढुङगेलले जानकारी दिनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!