नेचासल्यान गाउँपालिकाको निर्णय – सिसा र प्लाष्टिकजन्य वस्तु प्रतिबन्ध

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ८

नेचासल्यान गाउँपालिकाले सिसाजन्य र प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

चैत्र ५ मा बसेको गाउँसभाले आर्थिक बर्ष २०७६–७७ को साउन १ देखि गाउँपालिकामा सिसा र प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने गरि गाउँ सभाबाट निर्णय गरिएको हो ।

सफा गाउँपालिका बनाउनका लागि सिसा र प्लाष्टिकलाई प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले बताए । आगामी साउन देखि पुर्ण रुपमा प्रतिबन्ध लाग्ने गरि पुर्वअभ्यासका काम गर्ने बास्तोलाले बताए ।

जल, जमिन र वातावरणमा दिर्घकालिन असर पार्ने वस्तुको प्रयोग कमी ल्याउनका लागि सर्वसधारण, होटल, पसल संचालक र व्यवसायीहरुसंग छलफल तथा अन्तरक्रिया गर्ने गाउँपालिकाको तयारी छ ।

फागुन २८ गते प्रदेश नं १ का आर्थिक मामिला तथा योजना विकास मन्त्री ईन्द्र बहादुर आङबोले उद्घाटन गरेको चौथो गाउँ सभा स्थिगीत गरि चैत्र ५ मा बसेको थियो ।

नेचासल्यान गाउँपालिका सिसा र प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने जिल्लाका स्थानीय तहमध्ये दोस्रो बनेको छ । यसअघि सोलुदुधकुण्ड नगरपालिकाले गत पुस १७ देखि सिसा र प्लाष्टिकका वस्तु प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु