नेचासल्यान गाउँपालिकाको केन्द्र सल्यानमा माग गर्दै सल्यानी काठमाण्डौमा

राधा ढुंगाना
सोलुखुम्बु, १९ पौष

गाउँपालीकाको केन्द्र माग गर्दै सोलुखुम्बु सल्यानका स्थानीयहरु आन्दोलीत बनेका छन् । सल्यानका स्थानीयबासीले नेचा सल्यान गाउँपालीकाको केन्द्र सल्यानमा राखिनुपर्ने माग राखेका छन् । राज्य पुनर्संरचनामा गाउँपालीपालीकाको केन्द्र नेचामा राखीएको र सोहि केन्द्र आफुहरुलाई अपायक परेको भन्दै सल्यानमा केन्द्र कायम गर्न माग राख्दै गएको पौष १० गतेदेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा रहेका सल्यानका स्थानीय केन्द्रको माग राख्दै स्थानीय विकास मन्त्रालय सम्म गुहार्न पुगेका छन् ।

आन्दोलन थालेका स्थानीयले सल्यानमा गाउँपालीकाको केन्द्र स्थापनाको लागी संघर्ष समिती समेत गठन गरेका छन् । कृष्ण गौतमको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिती गठन गरेको स्थानीय अर्जुन राईले जानकारी दिए । राज्य पुनर्संरचनाको क्रममा नेचा सल्यान गाउँपािलीकाको केन्द्र नेचा तोकिएको छ । राईले भने, ‘हामीलाई अपायक स्थानमा केन्द्र राखीएको छ, पायक पर्ने स्थानमा राखीनुपर्ने हाम्रो माग हो त्यसैले हामी संघर्षमा उत्रिनु पर्यो ।’ स्थानीय अगुवा केशर राईले भने, ‘ गाउँपालीकाको केन्द्र सल्यानमा नराखीए जस्तोसुकै आन्दोलन गर्न हामी तयार छौँ ।’ स्थानीय जस बहादुर राईले भन्छन, ‘गाउँपालीकाको केन्द्र उपल्लो स्थानमा राखीएको छ, हामीलाई पायक पर्नुपर्यौ भन्ने हाम्रो माग हो, माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’ संघर्ष समितीका संयोजक कृष्ण गौतमले भने, ‘तिंला र नेचा क्षेत्रका स्थानीयलाई पनि पायक पर्ने हुँदा सल्यानमा गाउँपालीकाको केन्द्र राख्नुपर्ने हाम्रो माग हो र हुनुपर्छ पनि ।’ ‘नेचा जान अपायक पर्छ सल्यानबासीलाई, आन्दोलन समितीका अर्थ संयोजक समेत रहेका प्रकाश भट्टराईले भन्छन, ‘ओखलढुंगाको सिमानामा पर्ने नेचामा हामी सल्यानबासी जान तयारी छैनौँ ।’

गाउँपालिकाको केन्द्र अपायक भएको भन्दै सल्यानका स्थानीयले स्थानीय विकास मन्त्रालयमा ज्ञापन–पत्र बुझाएका छन् । साविकको ४ गाविस मिलाएर गाउँपालिका निर्माण गरिएपनि केन्द्र नेचाको पल्लोछेउ वेतघारीमा राखिएकोले प्रशासनिक असुविधा भएकाले केन्द्र परिर्वतनको माग गर्दै सल्यानका स्थानीयले मंगलबार स्थानीय विकास राज्य मन्त्री जनकराज चौधरीलाई ज्ञापनपत्र बुझाएका हुन् । समितिका संयोजक कृष्ण प्रसाद गौतमको संयोजकत्वमा एक टोलीले राज्य मन्त्रीलाई भेटेर माग सहितको हस्ताक्षर र गाउँपालिकाको नक्सा हस्तान्तरण गरेका हुन् ।

टोलीले सल्यानका एक हजार दुई सय ५० र तिङला क्षेत्रका १५० जनाको संकलित हस्ताक्षर सल्यानमा केन्द्र सार्नुपर्ने माग सहित राज्यमन्त्रीलाई बुझाएका हुन् । भेटमा राज्यमन्त्री चौधरीले स्थानीय तहको सिमांकन, नामांकन र केन्द्रको विषय कानुनी र राजनितिक समेत रहेकाले सम्बन्धित पक्षको ध्यानाकर्षणमा सहयोग गर्ने बताउनुभएको संयोजक गौतमले दिए । सघर्ष समितिले केन्द्र नेचाको पल्लोछेउमा राखेकै कारण तिङलाका स्थानीयले प्रशासनिक दुर्गमतालाई मुद्धा बनाएर आन्दोलन गरिरहेको निष्कर्ष निकाल्दै सल्यान क्षेत्रमा गाउँपालिकाको केन्द्र सारे तिङलाको भूभागलाई नेचासल्यान गाउँपािलका भित्रै समाबेश गर्न सकिने तर्क पेश गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु