नेचासल्यान अध्यक्षको सह्रानीय काम : आफ्ना नागरिकको कोठामै पुगेर खाद्यान्न वितरण

सोलुखुम्बु, वैशाख १८


सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले लकडाउनको अवधिमा काठमाण्डौमा समस्या परेका नेचासल्यानका नागरिकलाई कोठाकोठामा खाद्यान्न सामाग्री पु¥याइएको छ ।

प्रतिनिधि सभा सदस्य हेम कुमार राई, गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला लगायतको टिमले गाउँ फर्किन नपाएका उपत्यकामा कपन, गोकर्ण, जोरपाटी, बौद्ध, बसुन्धारा, बालुवाटार, काडाँघारी, पेप्सिकोला, लोकन्थली, बाल्कोट लगायतका क्षेत्रमा बसोबास गर्दै आएका ३९ परिवारका ९६ जनालाई चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य वस्तु वितरण गरिएको नेचा सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

गाउँपालिकाले लकडाउन लम्बिदै गएपछि गाउँपालिकाले नेचासल्यानका ५९६ नागरिकलाई निशुल्क गाउँ फर्काएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!