नेचासल्यानमा २ लाख अकबरे खुर्सानीको बिरुवा उत्पादन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २०


सोलुखुम्बुको नेचासल्यानमा करिब २ लाख अकबरे खुर्सानीको बिरुवा उत्पादन गरिएको छ ।

गाउँपालिका स्तरीय अकबरे खुर्सार्नी ब्लक सञ्चालक समितिले गाउँपालिकाका विभिन्न स्थानमा अकबरे खुसार्नीको बिरुवा उत्पादन गरि ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको समितिका संयोजक तिलक राईले जानकारी दिए ।

वडा स्तरमा रहेका सञ्चालक समितिका सदस्यले हावापानी अनुकुल खुर्सानीको विरुवा उत्पादन गरिएको हो ।

हालसम्म प्रतिगोटा दुई रुपैयाँ ५० पैसाको दरले ६० हजार बिरुवा बिक्रि भैसकेको छ । कृषकहरुले उत्पादन गरेको खुर्सानीको विक्रिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संग समन्वय गर्ने संयोजक राईले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!