नेचासल्यानमा कृषि तथा औधोगिक प्रर्दशनी मेला

सोलुखुम्बु, माघ ८
सोलुुखम्बुको नेचासल्यान गाउँपालिकामा उत्पादनको मुल्यांकनमा ४१ कृषक तथा उद्यमी पुरस्कृत भएका छन् । कृषि शाखाको आयोजनामा सम्पन्न कृषि तथा औधोगिक प्रर्दशनी मेलामा प्रर्दशनगरिएको कृषि उत्पादन र औधोगिक सामाग्रीको मुल्यांकन गरि कृषक तथाउद्यमी पुरस्कृत गरिएको हो ।


मंगलबार नेचामा आयोजित मेलामा ८३ जना कृषक तथा उद्यमीले २७१ कृषि उपजतथा औधोगिक सामाग्री प्रर्दशन गरेका थिए । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको प्राविधिक सहयोगमा सम्पन्न मेलामा खाद्यान्न बाली, तरकारी बाली, फलफूल बाली, नगदेबाली, मसला बाली, खाडी कपडा, वेदबाँस, कन्दमूल, हाते सामाग्री र विविधमा उत्कृष्ट उपज तथा सामाग्रीको आधारमा ४–४ जनालाई प्रमाणपत्रको साथमा नगद पुरस्कार वितरण गरिएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

प्रदर्शनीमा मेलामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई ३ हजार, २ हजार, १ हजार र ५ सयको साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । सहभागी अन्य कृषक तथा उद्यमीलाई यातायात खर्चवापत् ५–५ सय रुपैयाँ प्रदान गरिएको छ । मेलामा नेचासल्यानगाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले मेलामा प्रर्दशन गरिने कृषि उपज तथा घरेलु सामाग्रीले राज्यले संचालन गरेको कार्यक्रमको प्रभावकारीता झल्कने र अघि बढ्नका लागि ऊर्जा थपिने बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु