नेचासल्यानमा आल्चाले भाउ पाएन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २८
सोलुखुम्बुको नेचासल्यान गाँउपालिका क्षेत्रमा फल्ने आल्चाले बजार भाउ पाउन छाडेको छ । साविकको नेचा बेदघारी वडा नम्बर १ र २ बतासेको २ र ३ र सल्यानको ख्याम्पु, थामडाँडा लगायतका क्षेत्रमा पाईने आल्चाले बजारमा भाउ पाउन छाडेका हुन् ।

गाँउमा घरघरमा ४ देखि ५ वटा आल्चाका रुख छन् तर मौसमी रुपमा फल्ने आल्चा पाक्न थालेको एक हप्तामै सबै कुहिने गरेको छ ।

पहिलो महत्वका साथ बजारमा बिक्री हुने गरेको आल्चा एक रुपैयाको दुई दानाले बिक्रि हुँदा अहिले १ रुपैँयाको १० दानाले दिँदा समेत बिक्रि नभएको कृषकले बताएका छन् ।

फलेको आल्चा भण्डारण गर्ने तरिका पनि प्रविधिबारे जानकारी पनि नभएका कारण सुगुरलाई चारो दिने गरेको नेचाका कृषक चयन कुमार राईले बताए ।
राईले भने ‘‘बिक्रिका लागि बजार सम्म बोकर लाँदा एक डोको आल्चाले बोकेको ज्याला पनि नउठ्ने भएपछि आल्चा बेच्न छाडेको अब फुर्सद भए सुगुरलाई चारो दिने नत्र कुहिएर जान्छ । फुर्सद भएका बेला आल्चाको रक्सि पनि बनाएर बेच्ने गरेको छु ।’’

 

 

 

Comments

comments

सम्बन्धित शीर्षकहरु