नेचासल्यानका एक विरामीलाई आर्थिक सहयोग, गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्राप्त

सोलुखुम्बु, असार १३


नेचासल्यान युके समाज र नेचासल्यानका कोरियामा रहेका नेपालीहरुले नेचासल्यान गाउँपालिका ५ का एक बिरामीलाई आर्थिक सहयोग गरिएको छ ।

लामो समय देखि पेटको रोगि रहेका जनबहादुर राईलाई नेचासल्यान युके समाजको १ लाख७५ हजार ८ सय र नेचासल्यानका कोरीया बासीबाट ५० हजार गरि २ लाख २५ हजार ८ सय आर्थिक सहयोग विरामी राईलाइ वडाध्यक्ष राजनकुमार राईले हस्तान्तरण गर्नुभएको हो ।

यसैबीच, नेचासल्यान युके समाजले नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोरोना भाईरस संक्रमण बढ्दै गएको समयलाई मध्येनजर गर्दै पिपिई सेट ५ थान, ग्लोब्स २ सय थान, सर्जिकल मास्क ३ सय थान, स्प्रे १० लिटर, प्लाष्टिकका जुत्ता ५ जोर, स्प्रे मेसिन १ थान युके समाजका अध्यक्ष केशब राईले गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक युवराजशर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै, नेचासल्यान युके समाजले नेचासल्यान ५ लाई पनि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । ज्वरो नाप्ने थर्मल गन ५ थान, पिपिई सेट ५ थान, ग्लोब्स ३ सय थान, मास्क ५ सय थान, स्प्रे १५ लिटर र औषधि थिच्ने मेसिन एक थान प्रदान गरिएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!