नेचाली सर्जक ‘कृष्ण’को तिजको मौलिक सृजना (भिडियो सहित)

सोलुखुम्बु । नारीहरुको महान चाड तीज नजिकिदै गर्दा सोलुखुम्बुको नेचामा जन्मिएका कृष्ण कटेलको लय तथा शब्द रहेको ‘यो तीजमा माइतीको आँगन’ बोलको तीज सार्वजनिक गरिएको हो । सृया नेपालको स्वर रहेको उक्त गीतको संगीत संयोजन शम्भु बानियाँले गरेका हुन् ।

मेलोडी नेपालको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतमा सृङगा कोइराला र पाशाङ शेर्पा फिचर्ड छन् ।

दीपक तामाङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई रामेश्वर जिरेलले खिचेका हुन् । गीतको लय तथा शब्द सृजनामा मौलिकता दर्शाउन संगीतकार तथा रचनाकार कटेल अब्बल देखिएका छन् ।

पाटनको कृष्ण मन्दिरमा छायांकन गरिएको गीतमा कृष्ण मन्दिरका सुन्दर दृश्यहरु कैद गरिएका छन् । पछिल्लो समयमा तीजका गीतमा मौलिकता हराएको आरोप लागेकोबेला मौलिक पहिचान बोकेको यो गीत दर्शकसामू आएको छ ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु