नेचामा चिया खेति सुरु

शिखर जंग श्रेष्ठ
सोलुखुम्बु, कार्तिक १९

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत चिया उत्पादन ब्लक कार्यक्रम मार्फत आर्थिक बर्ष २०७५–७६ देखि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका विभिन्न क्षेत्रमा चियाको बोट रोप्न थालिएको छ । चियाको लागि उपयुक्त हावापानी रहेको नेचासल्यान गाउँपालिकाको माथिल्लो भेगमा ५० हजार चियाको बोट रोपिएको छ ।
कार्यक्रम अन्तरगत दुई सय हेक्टर जमिनमा चिया राप्ने लक्ष्य राखिएको नेचासल्यानमा पहिलो बर्ष नै ५ हेक्टर क्षेत्रफलमा चिया रोपिएको चियाउत्पादन ब्लक कार्यक्रमका सचिब वीर बहादुर भण्डारीले जानकारी दिए । ईलामबाट ल्याईएको ५० हजार विरुवा कालिपोखरी र सेतिपोखरी सामुदायीक वनको खाली जग्गा तथा निजी जग्गामा रोपिएको छ ।

पहिलो बर्ष २० लाख लगानीमा चियाको विरुवा र नर्सरीका लागि ५३ हजार चियाको डाला ल्याएपछि अहिले नेचामै दुई लाख चियाको नर्सरी उत्पादन गरिएको छ । कार्यक्रमका सचिब भण्डारीका अनुसार भण्डारी गाउँमा एक लाख, फुयालगाउँमा ३० हजार र झाँझरेमा ७० हजार चियाको नर्सरी उत्पादन गरिएको छ । दुई बर्षमा नर्सरी रोप्नका लागि तयार हुने भएकाले चालु आर्थिक बर्ष २०७६–७७ मा पनि ईलामबाट एक लाखविरुवा र नर्सरीका लागि ५० हजार डाला ल्याउने योजना बनाएको भण्डारीको भनाई छ ।

७ बर्षसम्म चल्ने कार्यक्रम अवधिमा नेचासल्यानका माथिल्लो क्षेत्र सुकेपोखरी, चिसापानी पोखरी, फुर्के, भन्ज्याङ, गैरी हुदै ओखलढुंगाको धापसम्म नै चिया रोप्ने र आर्थिक उपार्जन संगै पर्यटनलाई पनिजोडेर अघि सोच बनाएको चिया उत्पादन ब्लक कार्यक्रमका सचिब भण्डारीले बताए ।

भण्डारीले भने, ‘चियाखेतिमा विस्तारै आकर्षण बढ्दैछ तर श्रमदान गर्ने यूवाहरु गाउँमा छैनन्, त्यस कारणले श्रमदानमा निकै समस्या हुने गर्दछ । गाउँमा यूवान हुनुले पनि कतिपय पाका पुस्ताको मन हुदाँहुदै पनि बाँझो रहेको बारीमा पनिचिया रोप्न सकिएको छैन्’ । रोपेको ५ बर्षपछि चियाले उत्पादनदिने भएकाले नेचा क्षेत्रकै प्रशोधन केन्द्रको स्थापनागरिने तयारी थालिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु