नेचाबिहीबारे बजारमा रहेको बधशाला अव्यवस्थित, लादि व्यवस्थापन नहुँदा र्दुगन्ध फैलन थाल्यो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज १८

सोलुखुम्बुको नेचासल्यान गाउपलिकाको केन्द्र रहेको नेचा बिहीबारे बजारमा संचालित बधशाला अव्यबस्थित भएको स्थानीयले गुनासो गरेका छन् ।

बजारको तल्लो भागमा रहेको बधशाला अव्यवस्थित बनेको भन्दै उपभोक्ताले मासु किन्नै छाडेका छन् । राँगा र सुङगुर बध गरिने उक्त स्थानमा लादि व्यवस्थापन नहुदाँ बजारै दुर्गन्धित बनेको छ ।

बजार व्यवस्थापन समितीले बधशालाको व्यवस्थापन गर्न नसकेको स्थानिय जसबहादुर राईले गुनासो गर्नुभयो । घर नजिकै रहेको बधशाला दुर्गन्धित हुदाँ बालबच्चा बिरामि हुने गरेको तथा दैनिक कामकाजमा समेत असहज हुने गरेको स्थानीय रणबहादुर विकको भनाई छ ।

पशुबध पछि लादि नजिकको खोल्सामा फाल्ने तथा खोल्सा माथि राखिएको पुलमा समेत मासु काट्ने गरेकाले आवतजावतमा समस्या भएको स्थानियको भनाई छ । बजार व्यवस्थापन समिति बधशाला व्यवस्थापनमा मौन रहेको स्थानियको आरोप रहेको सहकर्मी धनकुमार ढुङगेलले बताउनुभयो ।

वडा नम्बर ३ का वडाध्यक्ष धर्मध्वज खत्रिले बधशााला व्यवस्थापनका लागि जग्गाको खोजि भैरहेको बताउनुभयो । जग्गा नभेटेको खण्डमा दशैपछि अहिलेकै स्थानलाई व्यवस्थित बनाउने वडाध्यक्ष खत्रिको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु