नेकपा सोलुखुम्बुले पायो पुर्णता, प्रदेश इन्चार्जबाट सपथ

सोलुखुम्बु, जेठ १३

पार्टी एकिकरणको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुको जिल्ला कमिटीले सोमबार पूर्णता पाएको छ । सल्लेरीमा आयोजित कार्यक्रममा नेकपा १ नम्बर प्रदेश इन्चार्ज भिम आचार्यले नेकपा सोलुखुम्बु जिल्ला कमिटीका सदस्यहरुलाई सपथ गराएका हुन् ।


सल्लेरी स्थित समिक्षालय हलमा भएको सपथ–ग्रहण कार्यक्रममा १३७ सदस्यीय जिल्ला कमिटीका अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो । करिब २२ जना जिल्ला सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा सहभागीता नरहेको जगनाथ वास्तोलाले जानकारी दिए । सपथ ग्रहणमा पछि इन्चार्ज आचार्यले पार्टी नीति अनुरुप अघि बढ्न निर्देशन दिए ।


पार्टी केन्द्रले नेकपा सोलुखुम्बुको अध्यक्षमा पूर्व एमालेका अध्यक्षसमेत रहेका मानवीर राई र सचिवमा पूर्व माओवादीका गोम्बु शेर्पालाई जिम्मेवारी तोकेको थियो । १३७ सदस्य रहेको जिल्ला कमिटीमा पूर्व एमालेवाट ७१ र पूर्व माओवादीवाट ६६ सदस्य रहेको सचिव गोम्बु शेर्पाले जानकारी दिए ।

पहिलो पुर्ण बैठकका लागि नेकपा स्थायी समिति सदस्य एवं प्रदेश नम्बर १ का इन्चार्ज भिम आचार्य, सह–इन्चार्ज साबित्री कुमार काफ्ले, प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, सचिव सुरेशकुमार राई लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु