नेकपा सोलुखुम्बुको ४५ सदस्यीय सचिवालय

सोलुखुम्बु – नेपाल कम्युनिस्ट पार्टी नेकपा सोलुखुम्बुले ४५ सदस्यीय सचिवालय गठन गरेको छ । सल्लेरीमा शुक्रबार बसेको दोस्रो पुर्ण बैठकले पुर्व एमालेवाट २४ र पुर्व माओवादीवाट २१ सदस्य रहने गरी सचिवालय गठन गरेको हो ।


नेकपा केन्द्रिय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हेम कुमार राई ‘सुरविर’को प्रमुख आतिथ्य र नेकपा सोलुखुम्बुका अध्यक्ष मानबिर राईको अध्यक्षतामा भएको बैठकले पार्टीको बिभिन्न बिषयमा छलफल भएको हो ।

बैठकले प्रदेश १ को खेलकुद बोर्डको सदस्य सचिवमा हर्क बहादुर राईलाई सिफारिस गरेको छ भने राईलाई नै कार्यालय सचिवको समेत जिम्मेवारी दिएको नेकपा जिल्ला अध्यक्ष मानविर राईले जानकारी दिए । बैठक अर्थपुर्ण बनेको अध्यक्ष राईको भनाई छ ।

हिमाल एफ.एमसँग कुरा गर्दै उनले सरकारले जनअपेक्षित काम गरिरहेको दाबी गरे । उहाँले पार्टी एकिकरणको काम पनि वडा तहमा अन्तिम चरणमा पुगेको बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!