नेकपा सोलुको अध्यक्षमा राई, सचिबमा शेर्पा

सोलुखुम्बु, बैशाख ९

नेकपा सोलुको अध्यक्षमा पुर्व एमालेका जिल्ला अध्यक्ष मानवीर राईको नाम टुंगीएको छ ।

नेकपाको सचिवालय बैठकले आईतबार साँझ टुंगो लगाएको सूचीमा नेकपा सोलुको अध्यक्षमा राईको नाम रहेको दाबी गरिएको छ । सचिबमा भने पुर्व माओबादीबाट गोम्बु शेर्पा ‘कज्र्याङ’को नाम टुंगो लागेको स्रोतले बताएको छ ।

शेर्पा अध्यक्ष पदकै दाबेदारीमा थिए । यद्यपी, पुर्व माओबादी केन्द्रका अध्यक्ष समेत रहेका शेर्पाले पुर्वमाओबादीको देशव्यापी सर्कुलर आएमात्र सचिब पद स्विकार गर्ने बताएका छन् । नेकपाले जिल्ला तहको नेतृत्व आज एक कार्यक्रम गरि सार्वजनिक गर्ने तयारी गरेको छ ।

औपचारिक रुपमा घोषणा हुन बाँकी परिस्थितीमा राई र शेर्पालाई बधाईको ओईरो लागेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु