नुवाकोटमा पहिरो, एकै घरका ३ जनाको मृत्यु

हिमाल एफ एम, भाद्र १३- नुवाकोटको बेलकोट गाविस वडा नम्बर १ बगुवापाखामा पहिरोले एक घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीया गंगा ढकाल, उनको ५ वर्षीय छोरा नविन ढकाल र २ वर्षीया छोरी गरिमा ढकाल रहेका छन् । आज बिहान २ बजे वर्षासँगै गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उता, नुवाकोटकै विदुर नगरपालिकाको तादीदेखि बेल्कोटको अमारेसम्म पासाङल्यामु राजमार्ग अवरुद्ध बनेको छ । उक्त स्थानमा साना–ठूला गरी २१ ओटा पहिरो गएको प्रहरीले जनाएको छ । रसुवा र नुवाकोटबाट काठमाडौं आउने सवारी साधन अहिले बीच बाटोमै रोकिएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!