निश्चल निशानी निर्माण सेवालाई भलिबल उपाधि

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन ३०

सल्लेरीमा जारी जिल्ला स्तरिय खुला भलिबल प्रतियोगीतामा निश्चल निशानी निर्माण सेवाले उपाधि उचालेको छ ।

विहिबार भएको फाईनल खेलमा नेचासल्यान गाउँपालिकालाई ३–२ को सेटल हराउदै निर्माण सेवा सोताङले उपाधिमाथी कब्जा जमाएको हो । माप्य दुधकोशी गाउँपालिकालाई पराजित गर्दै थुलुङ दुधकोशी गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ ।

फ्रेण्डसीप युथ क्लबको आठौ बार्षिक उत्सबको अबसरमा जारी प्रतियोगीताका शिर्ष तिन स्थान ओगट्ने समूहले शिल्ड, मेडल र प्रमाणपत्रको साथमा ३ लाख ३३ हजार ३३३ रुपैयाँ, २ लाख २२ हजार २२२ रुपैयाँ र एक लाख ११ हजार १११ रुपैयाँ नगद प्राप्त गरेका छन् ।

प्रतियोगीतामा ११ टिमको सहभागीता रहेको थियो । जिल्लास्तरमा आयोजना हुने प्रतियोगीता मध्येकै सर्वाधिक राशीको भलिबल प्रतियोगीता रहेको आयोजकले दाबी गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु