निर्माणाधिन खरिखोला–चौरीखर्क सडक ‘निमदोर्जी शेर्पा पर्यटन सडक’ नामांकरण

सोनी राई,
सोलुखुम्बु, जेठ १८


सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाँउपालिकाले वडा नं १ खरिखोला देखी गाँउपालिकाको केन्द्र चौरीखर्कसम्मको सडकको नाम गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पाको नामबाट नामांकरण गर्ने निर्णय गरेको छ ।


आइतबार बसेको गाँउ कार्यपालिकाको बैठकले दुई वर्ष अघि निर्माण शुरु गरिएको सडकको नाम ‘निमदोर्जी शेर्पा पर्यटन सडक’ नामांकरण गरिएको गाउँपालिका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले जानकारी दिए ।

खुम्बुको विकासमा गरेको योगदानको सम्मान गर्दै खरिखोला–चौरीखर्क सडकको नाम गाउँपालिका अध्यक्ष शेर्पाको नामबाट नामांकरण गरिएको हो । उक्त सडकको दुरी करिब ५० किलोमिटर रहनेछ ।


गाउँपालिकाका अध्यक्ष शेर्पा १० महिनादेखि क्यान्सर रोगबाट थलिएका छन् । पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि उनी लामो समयदेखि विरामी परेका हुन् ।


पछिल्लो दुई हप्तादेखि उनी हलचल समेत गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!