‘निर्मला प्रकरणमा प्रहरी त्रुटि भएकै हो, छिट्टै अपराधी सार्वजनिक गर्छौँ’

सोलुखुम्बु. १६ असोज । नेपाल प्रहरीका महानिरिक्षिक सर्र्वेन्द्र खनालले निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणमा प्रहरीको त्रुटि भएको स्विकार गर्नुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महानिरिक्षक खनालले त्रुटि गर्ने प्रहरीलाई निलम्बन गरिएको र हदैसम्मको कार्वाही हुने बताउनु भएको छ ।

नेपाल प्रहरीमा खराब ब्यक्तिलाई कुनै स्थान नदिईने भन्दै कार्वाही गरेर प्रहरीको छवि उच्च पार्ने बताउनुभयो । उच्च स्तरीय प्रविधिको अभावका कारण निर्मला प्रकरणको दोषिपत्ता लगाउन समस्या भएको भन्दै उहाँले छिट्टै अपराधीहरुको पहिचान गर्ने दाबी गर्नुभयो । जनताको प्रहरी बनाउने आफ्नो मिसन रहेको उल्लेख गर्दै महानिरिक्षक खनालले बलात्कारका घटना न्युनिकरणमा सबैको हातेमालोको आवश्यक्ता औँल्याउनु भयो ।

केही ब्यक्तिका कारण सिंगो संगठन बद्नाम भईरहेको भन्दै सुनकाण्डका ठूला माछा खोज्ने अभियानमा रहेको महानिरिक्षक खनालले जानकारी दिनुभयो । लापरबाही गर्ने ठेक्केदारलाई तह लगाउने अभियान नरोकिएको भन्दै उहाँले निर्माण क्षेत्रको दादागिरी अन्त्य गर्ने उद्घोष गर्नुभयो ।

साक्षात्कारमा पत्रकारको जिज्ञाशाको जवाफ दिँदै प्रहरी प्रमुख खनालले देशमा गुण्डा राजको अन्त्य गर्ने उद्घोष गर्दै राजनैतिक संरक्षणमा हुने त्यस्ता गतिविधिको पनि अन्त्य गर्ने धारणा राख्नु भयो । दशैँ तिहार र छठ पर्व जस्ता चाडबाडको लागि उच्च सुरक्षा सतर्कता अपनाएको खनालको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु