निरन्तरको खबरदारी पछि रोकियो बालविवाह

हिमाल एफ एम
सोलुखुम्बु, १५ बैशाख

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा हुन लागेको बालविवाह अन्तत रोकिएको छ ।

स्थानीय जनप्रतिनिधि र महिला तथा बालबालिका कार्यालयको सहयोगमा हिमाल एफ एमले बालविवाह हुन लागेको खबर सार्वजनिक गरेपछि प्रहरी र जनप्रतिनिधिको पहलमा आईतबार भोली हुने भनिएको बालविवाह रोकिएको हो ।

एक दलित परिवारकी १८ बर्षिया किशोरीको देउसामा हुन लागेको विवाह रोक्न परिवार सहमत देखिएको छ । सरोकारवालाको चौतर्फी आग्रह र दबाबपछि अविभावक विवाह रोक्न राजी भएको हो । चौतर्फी दबाब परेपछि किशोरीका बुबा यज्ञराज विश्वकर्मा विवाह रोक्न सहमत भएका हुन् । हिमाल एफ एमसंग कुरा गर्दै विश्वकर्माले कानुनी ज्ञान अभावमा तयारी थालिएको विवाह रोक्न बाध्य भएको बताउनुभयो ।

बालविवाह रोक्नका लागि महिला विकास अधिकृत रश्मी श्रेष्ठले सरोकारवाला बीच समन्वय गर्नुभएको थियो भने प्रहरी प्रशासनले प्रहरी परिचालन गरेको थियो । जनप्रतिनिधिहरुको समन्वय र आग्रह प्रश्चात सम्बन्धित परिवार विवाह रोक्न सहमति भएको हो ।

यसअघि सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले कुनैपनि हालतमा विवाह रोक्ने बचन दिनुभएको थियो । उद्यपी, केहि दिन सो क्षेत्रमा प्रहरी परिचालित हुने पराजुलीले जानकारी दिनुभयो । यदि विवाह गरिहाले बेहुला–बेहुली र अविभावकलाई समेत पक्राउ गरिने प्रहरीले जनाएको छ । शुक्रबार बालविवाहको घटना सार्वजनिक भएसंगै रोक्नका लागि हिमाल एफ एमले निरन्तर खबरदारी गरिरहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु