निजी बैंकमा छिर्‍यो अख्तियार, सिताराम प्रसाईंसहित ६ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्जा अपचलनको अभियोगमा तत्कालिन घरेलु तथा साना उद्योग विकास बैंक (हाल यति विकास बैंक)का अध्यक्ष सिताराम प्रसाईंसहित ६ जनालाई पक्राउ गरेको छ ।
बैंकका तत्कालीन कार्यकारी अध्यक्ष प्रसाईँ, महाप्रबन्धक भागवत श्रेष्ठ, बरिष्ठ प्रबन्धक सुनिल गुरुङ, खोसी मार्केटिङ्ग प्रा.लि.का प्रोपाइटर केशबलाल खोसी, खोसिका वारिस गर्ने सुनिल प्रधान र मालपोत कार्यालय सुनसरीका तत्कालीन खरिदार दिव्यराज घिमिरेलाई अख्तियारले बुधबार पक्राउ गरेको हो ।
अभियोग
दुई लाख रुपैयाँ आना पनि नपर्ने जग्गालाई ७० लाख रुपैयाँसम्मको अधिक मुल्यांकन गरी मिलेमतोमा सोही बराबरको कर्जा स्वीकृति गरि कर्जा अपचलन गरेका थिए । नक्कली धितो खडा गरी कर्जा दुरुपयोग गरेको पाइएको अख्तियारले जनाएको छ ।
यसअघि सोही बिषयमा राष्ट्र बैंकले अनुसन्धान गरी कर्जा घोटाला भएको निष्र्कष निकालेको थियो । दोषीलाई कारवाही गर्न राष्ट्रबैंकले प्रहरीलाई फाइल पठाए पनि पहुँचको प्रयोग गर्दै प्रसाईं पक्राउ पर्नबाट जोगिए । प्रहरीको फरार सूचीमा रहेका उनी सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको थियो भने उनका छोराको बिबाहमा एमाले नेता माधवकुमार नेपालसहितका उच्च नेताहरु सहभागी भएको समाचार सार्वजनिक भएको थियो । सोही बिषयमा २०६४ सालमा माओवादी भातृ संगठन वाईसीएलले प्रसाईंलाई नियन्त्रणमा लिई खुलामञ्चमा सार्वजनिक गरेर प्रहरीलाई बुझाएको थियो

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!