निजामती कर्मचारी संगठाद्धारा अस्पाताललाई बेडकभर प्रदान

हिमाल एफ.एम, साउन १५ । नेपाल निजामति कर्मचारी संगठन सोलुखुम्बुले जिल्ला अस्पताल फाप्लुका सबै शैयाहरुका लागी बेड कभर प्रदान गरेको छ । आज २३ औँ सहिद मनोज–झपेन्द्र स्मृती दिबसको अबस्रमा जिल्ला अस्पताल फाप्लुका करिब ३५ वटा शैयाहरुमा बेड कभर उपलब्ध गराएको नेपाल निजामति कर्मचारी संगठन सोलुखुम्बुले जनाएको छ । आज बिहान बिरामीहरुको उपचारमा थप सहज होस भन्ने उद्यश्यले दिबस पारि उक्त सहयोग गरिएको पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य बिनोद बस्नेतले जानकारी दिनुभयो । कर्मचारी आन्दोलनको क्रममा बि स २०४८ सालमा मनोज जोशी खोटाङ दिक्तेल र झपेन्द्र कार्कीले कास्कीको पोखरामा सरकारको दमनको क्रममा ज्यान गुमाएका थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!