निकुञ्जको राजश्व आठ करोड बढि

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस ११

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले ८ करोड भन्दा वढि राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा निकुन्जले ८ करोड १३ लाख ५० हजार ७ सय ६८ रुयैया राजश्व संकलन गरेको हो ।

साउनदेखि मंसिरसम्मको तथ्याङ्क अनुसार साउनमा १९ लाख २७ हजार ७ सय ७९ रुपैया, भदौमा ३० लाख ५९ हजार ८ सय ५४ रुपैया संकलन गरेको छ । त्यस्तै असोजमा दुई करोड ७४ लाख ५ सय ६२, कार्तिकमा तीन करोड ८४ लाख १० हजार ७ सय ३२ रुपैया र मंसिर महिनामा एक करोड ५ लाख ५१ हजार ८ सय ४१ रुपैया राजश्व संकलन गरेको निकुञ्जको कार्यालय नाम्चेका सुचना अधिकारी रबिन चौधरीले बताए ।

फायल तस्विर

निकुञ्जले हेलिकोप्टर अवतरण शुल्क, बालुवा, ढुङ्गा, मालिङगो पुर्जी, होटल लज भाडा, जग्गा भाडा, लगायत शीर्षकमा राजश्व संकलन गर्ने गरेको छ । यस वाहेक सगरमाथा राष्ट्रिय निकुञ्जले सार्क क्षेत्र बाहेकका विदेशी पर्यटक प्रवेश शुल्कबापत प्रति पर्यटक ३ हजार, सार्क क्षेत्रका पर्यटकबाट एक हजार ५ सय र पर्यटक भरियाबाट प्रतिव्यक्ति २५ रुपैयां प्रवेश शुल्क लिने गरेको छ ।

पिक सिजनमा २५ हजार ९८७ जनाले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । ९१ मूलुक मध्ये अमेरिकी नागरिक सबैभन्दा बढि खुम्बु पुगेका छन् भने तथ्यांक अनुसार २ हजार ५३१ बेलायती नागरिकले पनि खुम्बु घुमेर फर्केका छन् । स्पेन, जर्मनी, फ्रान्स, चीन र अष्ट्रिेलियाका नागरिक एक हजार भन्दा बढि खुम्बु प्रवेश गरेको निकुञ्जका संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!