नासालाई ठूलो सफलता

333असार – अमेरिकी अन्तरिक्ष एजेन्सी नासले बृहस्पति ग्रहमा नयाँ उपग्रह पठाउन सफल भएको छ । जुनो उपग्रह बृहस्पतिको कक्षमा पुगेको नासाले जनाएको छ । जुनोले बृहस्पतिलाई परिक्रमा गर्न सुरु गरेको नासाका वैज्ञानिकले बताएका छन् । जुनो उपग्रह पाँच वर्ष अघि नासाले छोडेको थियो । यसअघि कुनै पनि उपग्रह बृहस्पति ग्रहको यति नजिक पुगेका थिएनन् । पृथ्वी भन्दा ११ गुणा ठूलो बृहस्पतिले सूर्यलाई परिक्रमा गर्न १२ वर्ष लगाउँछ । जुनो उपग्रहले बृहस्पति ग्रहको कक्षमा फालेको रकेट इन्जिनले काम गर्न थालेको नासाका वैज्ञानिकले बताएका छन् । त्यहाँबाट रेडियो म्यासेज पनि आउन थालेको छ । ८० करोड किलोमिटर परबाट सन्देश क्यालिफोर्नियामा रहेको जुनो मिसनको कन्ट्रोल रुमा आएको हो ।

अन्तरिक्ष तथा बृहस्पतिको अध्ययनमा यो ठूलो सफलता भएको नासाले जनाएको छ । जुनोले अबको डेढ वर्षसम्म बृहस्पति ग्रहको परिक्रमा गर्ने छ ।

यस क्रममा बृहस्पति ग्रहका बारेमा जानकारी लिने छ । काम सकिएपछि जुनो पृथ्वीको वायुमण्डलमा आएर ध्वस्त हुनेछ । जुनो मिसनका लागि एक अर्ब डलर खर्च भएको नासाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु