नारायण रायमाझीको असारे गीत ‘छुपुमा छुपु’

सोलुखुम्बु । शालिन छविका अग्रज सर्जक तथा गायक नारायण रायमाझीले कान्छापुस्ताका कलाकारलाई गतिलो सांगितिक झापड हानेका छन् ।

मुलुकभर रोपाईको चटारो भईरहदा तिजका गीत सार्वजनिक गरि लोक सभ्यताको खिल्ली उडाईरहेका बेला लोक गायक रायमाझीले असारे भाका ‘छुपुमा छुपु’ डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।

रायमाझीले लोक सभ्यता विग्रदै गएको बेला वेतिथी विरुद्ध आफ्ना कृति मार्फत बोलेका छन् । सार्वजनिक गरिएको गीतमा सृजना र स्वर नारायण रायमाझीको रहेको छ ।

रीमा रेकर्डिङ स्टुडियोको निर्माणमा तयार भएको भिडियोमा सत्यवति कला केन्द्रको नृत्य रहेको छ ।

लोक सभ्यताको शिक्षा दिन पनि आफू असारे गीत मार्फत प्रस्तुत भएको बताए । जुन गीत सुन्दा र हेर्दा मँैलिकताको आभास मज्जाले गर्न सकिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु