नागरिक उद्धारको विषयमा बोले सांसद हेम कुमार (भिडियो सहित)

सोलुखुम्बु, असार ९


सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले सरकारकै कारण विदेशबाट उद्धार गरि नेपाल ल्याइएका नागरिक गाउँ पु¥याउन समस्या भएको बताए ।


प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद राईले उद्धार गरि ल्याएका नागरिकलाई प्रदेश नं १ को केन्द्र विराटनगर लगिएकाले गाउँ पु¥याउन समस्या भएको आवाज उठाएका हुन् । राजधानीबाटै सम्बन्धित स्थानीय तह लैजान सजिलो हुने भएकाले राजधानीबाटै जिल्ला पठाउने व्यवस्था मिलाउन माग गरे ।


यसअघि उद्धारकै विषयमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक सञ्जालमा लेख्दै विदेशबाट उद्धार गरेर नेपाल ल्याएका गाउँपालिकाबासीलाई काठमाण्डौबाटै गाउँ ल्याउन सजिलो हुने भन्दै विराटनगर लगेर अलपत्र नपार्न आग्रह गरेका थिए ।

त्यस्तै, संघीय सांसद राईले हिमाल जिल्लामा कम बजेट विनियोजन हुने र विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुने भएकाले विशेष व्यवस्था गर्न माग गरे । उनले लिखुपिके गाउँपालिकाका जनप्रतिनिधि माथी भएको अभद्र व्यवहारमा संलग्नलाई कानुनी कारबाहीको जोडदार माग गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!